नेपालगन्ज, २७ फागुन । एम्बुलेन्स खरिदका लागि नेपालगन्जमा औद्योगिक व्यापार तथा पर्यटन विकासका लागि सञ्चार महोत्सव हुने भएको छ । आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाबाट संकलित रकमले एम्बुलेन्स खरिद गर्ने जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार महोत्सवबाट संकलित रकमले नेपालगञ्जस्थित फत्तेबाल आ“खा अस्पताल र विश्वहिन्दु महासंघलाई एक÷एक वटा एम्वुलेन्स प्रदान गर्ने योजना छ । त्यस्तै ८० हजार भन्दा बढी टिकट विक्री भए नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई समेत एम्वुलेन्स दिने लक्ष्य रहेको प्रचारप्रसार संयोजक कमल बिके निर्मोहीले जानकारी दिनुभयो ।
चैत २ गतेदेखि ११ गतेसम्म स्थानिय टण्डन राईस मिल नेपालगञ्जमा चल्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको प्रचारप्रसार संयोजक कमल विके निर्मोहीले जानकारी दिनुभयो । यस्तै महोत्सवमा निशुल्क आ“खा शिविर, डा.नीना श्रेष्ठद्धारा महिला सम्वन्धी रोगहरुको चेकजा“च तथा डा. विनोद कर्णद्धारा प्लाष्टिक सर्जरी उपचारको व्यवस्था पनि मिलाईने जनाईएको छ । महोत्सवलाई आकर्षणयुक्त बनाउन सुपरस्टार नायक भुवन केसी, नायिका रेखा थापा, नायक गोविन्द शाही, नायिका गरिमा पन्त, चर्चित लोक गायक रामजी खांड, गायिका टिका पुन, आधुनिक गायक नरेन्द्र प्यासी लगायत दर्जनौ कलाकारहरुको सहभागिता रहने जनाईएको छ ।
नेपालगन्ज, २६ फागुन । पयर्टन विकासका लागि राज्यको स्पष्ट नीति नभएका कारण नेपालमा पर्यटन व्यवसायले फड्को मार्न नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल पर्यटन बोडको सहयोगमा मिडिया प्वाईन्टले शनिबार नेपालगन्जमा गरेको पर्यटकिय सम्भावना, अवस्था र चुनौति विषयक गोष्ठीका सहभागीहरुले नेपालमा थुप्रै सम्भावना भएपनि पर्यटन विकासले गति लिन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमका बोल्दै सहभागीहरुले स्थानिय बस्तुको उपयोग हुने गरि पर्यटन व्यवसाय हुन सके सबै पक्षलाई फाईदा पुग्ने बताएका थिए ।
कार्यक्रममा पर्यटनविद ज्ञानेश्वर महत्तो, पर्यटन सम्पदा तथा संशाधन विकासका प्रबन्धक लीलाबहादुर बानिया“, होटल व्यवसायी महासंघका प्रथम वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्ले, पत्रकारहरु अमृत भादगाउ“ले, जनक नेपाल, रुद्र सुवेदी, माधव सिंह धामी लगाएतले आ–आफ्नो विचार राख्नु भएको थियो ।
रुकुम, २१ फागुन । कृषि विकास बैंक मुसिकोट शाखाले सम्पूर्ण बैंकिङ कारोबार थालेको छ । दरमुकाम खलङ्गामा रहेको शाखाबाट सोमबार देखि सबै कारोबार थालिएको बैंकले जानकारी दिएको छ । कृषि विकास बैंकका विभागीय प्रमुख उज्ज्वल आचार्य र क्षेत्रीय कार्यालय घोराहीका निर्देशक किशोर मण्डलको उपस्थितिमा वाणिज्य कारोबार शुभारम्भ गरिएको थियो । अबदेखि सर्वसाधारणले कृषि विकास बंैकबाटै सम्पूर्ण सेवा पाउन सक्नेछन् । बैंकले जम्मा गर्नेदेखि विप्रेषणको सेवा पनि प्रदान गर्ने बताएको छ । यसअघि ऋण मात्रै उपलब्ध गराउँदै थियो । विप्रेषण सेवाका लागि बंैकले विभिन्न नौवटा विप्रेषण कम्पनीसँग सम्झौता गरेको जनाएको छ । बैकिङ कारोबार थालेको पहिलो दिनमै बैंकमा सेवाग्राहीको घुइँचो लागेको छ । एकसय रुपैयाँमा बचत र ५०० रुपैयाँमा चल्ती खाता खोल्न पाउने आकर्षक योजना बंैकले सुरु गरेको छ ।
यो योजना केही सयमसम्म मात्र रहने जानकारी बैंकले दिएपछि सेवाग्राहीको भीड लागेको हो । वभिन्न जिल्लाको सदरमुकाममा रहेका सबै शाखाबाट बंैकिङ कारोबार थाल्ने नीतिअनुसार मुसिकोट शाखाबाट पनि यो सेवा सुरु गरिएको विभागीय प्रमुख उज्ज्वल आचार्यले बताउनुभयो । उहाँका अनुसार देशभर रहेका शाखाहरूमा वाणिज्य कारोबार थाल्ने यो १६९औँ शाखा हो भने राप्ती अञ्चलमा चौथो हो ।
नेपालगन्ज, २० फागुन । नेपालगन्ज उद्योग वाणिज्य संघको नया“ नेतृत्वले ३ बर्षे कार्यकालका लागि आईतबार बाट जिम्मेवारी बहन गरेको छ । निर्वाचन आयुक्त भोला सिंह हमालले नवनिर्वाचीत अध्यक्ष कृष्णप्रसाद श्रेष्ठलाई सपथ ग्रहण गराएलगत्तै श्रेष्ठले अन्य पदाधिकारीहरुको सपथ ग्रहण गराउन भएको थियो । नवनिर्वातिच कार्य समितिलाई बा“केका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेलले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गत फागुन १२ गते भएको निर्वाचनबाट निर्वाचित २ उपाध्यक्ष, १२ सदस्य, २ एशोसियट सदस्य र २ सम्बद्ध गरि १९ जनालाई सपथ ग्रहण गराईएको हो । पद हस्तान्तरण तथा ग्रहण कार्यक्रममा बोल्दै बा“केका प्रमुख जिल्ला अधिकारी पोख्रेलले नया“ नेतृत्वले उद्योगि व्यवसायी सबैलाई समेटर लैजानु पर्नेमा जोड दिनुभयो । उद्योगी व्यवसायीहरुको सुरक्षाका लागि प्रशासन प्रतिबद्ध रहेको भन्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले आफनो व्यवसाय सञ्चालनका लागि निर्धक्क हुन व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्दै निर्वतमान अध्यक्ष सुनिलकुमार शर्माले व्यवसायीक एकतामा जोड दिनुभयो । चुनावको परिणामलाई सबैले स्वीकार्नुपर्ने भन्दै उहा“ले अव चुनावको दम्भलाई संघभित्र ल्याउन नहु“ने बताउनुभयो । उहा“ले नव निर्वाचीत कार्यसमितिलाई भरमजदुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै संघको संस्थागत विकासमा लाग्न सुझाव समेत दिनुभयो ।
यस्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफु नेतृत्वको संघले साना ठूला सबै व्यापारी तथा उद्योगिहरुको व्यवसायीक हितका लागि पहल गर्ने बताउनुभयो । उहा“ले चुनावका बेला घोषित तीनवटै प्यानलका प्रतिबद्धतालाई मिलाएर आर्थिक विकासका लागि जुट्ने दावी गर्नुभयो ।
प्रेमसिह सुनार, नेपालगन्ज, १२ फागुन । कडा सुरक्षाका बिच नेपालगन्ज उद्योग वाणिज्य संघको नवौ नेतृत्वका चयनका लागी शनिबार मतदान सम्पन्न भएको छ । बिहान ८ बजे देखी सुरु भएको मतदान बेलुका ५ बजेसम्म भएको थियो । १ हजार ८ सय ५७ मतदाताहरु मध्ये १७ सय ५५ जनाले मात्र मतदान गरेका छन् । १०२ जना मतदाताहरु मतदानका लागी केन्द्रमा नआएको निर्वाचन अधिकृत भोलासिंह हमालले जानकारी दिनु भयो । नेपालगन्जको सरस्वती उच्च माबिमा भएको मतदानको मतगणना भोली बिहान ८ बजे पछि सुरु हुने जनाईएको छ । निर्वाचन शान्त र मर्यादित ढगमा सकिएको निर्वाचन अधिकृत हमाल बताउनु भयो ।
३ बर्षे कार्यकालका लागि सतिशकुमार अग्रवाल नेतृत्वको प्रजातान्त्रीक प्यानल, नन्दलाल बैश्य नेतृत्वको समावेशी प्यानल र कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको समावेशी तथा साझा प्यानलबीच तिव्र प्रतिस्पर्धा भएको हो । १९ पदका लागि ५७ उम्मेदवार बिच चुनावी भिडन्त भएको हो । मतदान सकिए लगतै तिन वटै प्यानलले आफुले जित्ने दाबी गरेका छन् । आजको निर्वाचनबाट अध्यक्ष सहित २ उपाध्यक्ष, १२ सदस्य, २ एशोसियट सदस्य र २ सम्बद्ध सदस्य चुनिने छन् । २५ सदस्यि कार्य समितीका लागी अन्य सदस्यलाई भने मनोनयन गर्ने प्रवाधान रहेको छ । आज सम्पन्न निर्वाचनको मतदान केन्द्रमा ९ वटा बुथमा ३६ वटा मत पेटिका राखिएको थियो ।
२०२४ सालमा स्थापना भएको नेपालगन्ज उद्योग वाणिज्य संघको २०३६ साल सम्म गोर्वद्धन खेतानले अध्यक्ष पद समालेका थिए । त्यस पछि कृष्ण गोपाल टण्डनले अध्यक्ष पद समालेका थिए । त्यसपछि तत्कालिन उपाध्यक्ष गौरी शंकर मौपाल अध्यक्ष पद समालेका थिए । २०४७ सालमा देशमा आएको राजनितीक परिर्वतन सगै सघंका तत्कालिन सचिव कनैयालाल टण्डनले अध्यक्ष पद समालेका थिए । २०५३ साल सम्म अध्यक्ष पद समालेका टण्डन पछि २ कार्यकाल भने अच्युत प्रसाईले समालेका थिए । त्यस पछि २०५९ सालमा सतिश चन्द्र अग्रवालले संघको नेतृत्व लिए पछि २०६२ सालमा निर्वाचनबाट दामोदर आचार्यले अध्यक्ष पदको नेतृत्व गर्ने अवसर पाए । दोस्रो कार्यकाल हाक्ने प्रयासमा जुटेका आचार्यलाई भने निर्वाचनबाट हार चखाउदै २०६६ सालमा शुनिल कुमार शर्माले अध्यक्ष पद सम्हाले । अहिले नवौ कार्य समितीका लागी मतदान भएको हो ।
नेपालगन्ज, ९ फागुन । नेपालगञ्ज उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि सतिशकुमार अग्रवाल नेतृत्वको प्रजातान्त्रीक प्यानलको पक्षमा बुधवार स्वतस्र्फुत रुपमा महिला उद्यमीहरु घरदैलो अभियानमा हिडेका छन् । महिला उद्यमि माया गुरुडको नेतृत्वमा नेपालगन्ज, राझा, कारकादो, खजुराबाट महिला उद्यमिहरु घरदैलो अभियानमा सहभागी थिए । महिला उद्यमिहरुले आज धम्वोजी, घरवारीटोल, बागेश्वरी टोल, त्रिभुवन चौक, त्रिवेणीमोड, सदरलाईन हुंदै न्युरोडका मतदाताहरुसंग भोट मागेको महिला उद्यमि माया गुरुडले जानकारी दिनुभयो ।
उद्योगी व्यवसायीको हकहित र सुरक्षाका लागि युवा र जुझारु नेतृत्व आवश्यक भएको भन्दै महिलाहरु स्वतस्र्फुत रुपमा अग्रवालको प्यानलाई विजयी गराउन घरदैलो अभियानमा हिडेका छन् । घरदैलो अभियानमा हिडेको महिलाहरुको टोलीले नमुना मतपत्र बारे समेत मतदातालाई जानकारी गराएको थियो । यस्तै प्राध्यापकहरु समेत अग्रवाल नेतृत्वको प्यानलको समर्थनमा घरदैलो अभियानमा जुटेका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष अशोक बस्नेत र सचिव दिपक कुमार रेग्मीले एक प्रेस विज्ञप्ती निकाली अग्रवालको प्यानललाई विजयी गराउन मतदातालाई अनुरोध गरेको छ ।
यसैबिच महेन्द्र बहुमुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख राजितराम पाठकले बजारभित्रका विभिन्न स्थानका व्यापारीहरुस“ग नमुना मतपत्रसहित भेटघाट र अग्रवाल नेतृत्वको आवश्यकता बारे मतदाताहरुलाई प्रस्ट पारेको बताउनुभयो । यस्तै चुनावी प्रचार प्रशारका लागि ४८ घण्टाको समयमात्र बा“की रह“दा अग्रवाल नेतृत्वको टोलीले नमुना मतपत्र सहित घरदैलो र भेटघाट कार्यक्रमलाई तिव्र पारेको छ । टोलीले आज विहान इदगाह रोड, त्रिवुणीमोड, त्रिभुवनचौक, सदरलाईन, घरवारी टोललगायतका स्थानमा पुगेर मतदाताहरुस“ग भेटघाट गरेको प्रचार प्रसार संयोजक राजु प्रसाद काफ्ले जानकारी गराउनु भयो ।
यसैबिच समावेशी प्यानलका उम्मेदवारहरु आज पनि मतदाताहरुको घरदैलोमा पुगेर आफनो प्यानलमा मत दिन आग्रह गरेका छन । उनीहरुले आज खजुरा, खजुरा रोड, सदरलाईन, त्रिभुवनचोक, हुलाक, जयसपुर, न्यूरोड, राझा, कोहलपुर लगायत क्षेत्रका मतदातासग भेटघाट गरेका हुन । यस्तै समाबेशी तथा साझा प्यानलले पनि नगरका विभिन्न स्थानमा रहेका मतदाताहरुसंग भेटघाट गरेको छ ।
नेपालगन्ज, ६ फागुन । नेपालगन्ज उद्योग वाणिज्य संघको नया“ नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा उम्मेदवारी दर्ता गराएकाहरुको आईतबार अन्तिम नामावली सार्वजनिक गरिएको छ । यही १२ गते हुने चुनावमा तीन प्यानलबाट १२ सदस्सीय कार्यसमितिका लागि ३६ जनाको भिडन्त हुने पक्का भएको छ । चुर्णराज श्रेष्ठ, अजय कुमार टण्डन, चुडामणी भण्डारी र अशोक कुमार गुप्ताले आप्mनो उम्मेदवारी फिर्ता लिएपछि १२ सदस्यिय कार्यसमितिका लागि ३६ जनाको स्पष्ट भिडन्त हुने भएको हो ।
अध्यक्षमा ३, उद्योग र वाणिज्य उपाध्यक्षमा परेको ३÷३ जनाको उम्मेदवारको नामावलीसहित ३६ सदस्यहरुको नामावली सार्वजनीक गरिएको छ । यस्तै २ जना एसोसियट सदस्सीय पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । सम्वद्ध सदस्यबाट अच्युतराज सुवेदीले दावी उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत भोलासिंह हमालले जानकारी दिनुभयो ।१२ गते हुने निर्वाचनका लागी सतिशकुमार अग्रवाल नेतृत्वको प्रजातान्त्रीक, नन्दलाल बैश्य नेतृत्वको समावेशी तथा कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको समावेशी तथा साझा समुहबीच तिव्र प्रतिस्पर्धा हु“दैछ । अन्तिम नामावली सार्वजनिक पछि नेतृत्वका लागि उम्मेदवारी दिनेहरुबीच अहिले संघकै कार्यलयमा छलफल चलिरहेको बुझीएको छ ।
यसैबिच नेपालगन्ज जेसिजले भोली नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष पदका तिन प्यानलका उम्मेदवारहरुसंग खुल्ला बहस गर्ने भएको छ । अध्यक्षहरुको नया योजना, सक्षमता, उद्योगी व्यवसायीको हकहित लगायतका बिषयमा खुल्ला बहस गर्न लागिएको नेपालगन्ज जेसिजका अध्यक्ष सुनिल कुमार गुप्ताले बताउनुभयो । आज पत्रकार सम्मेलनको आयोजना गरि त्रिभुवनचोकको पुर्ब लाईन अन्र्तगत संघको कार्यलय अगाडी भोली दिउसो २ बजे ककस खुल्ला छलफल गर्न लागेको जनाइएको छ ।
नेपालगन्ज, ५ फागुन । चुनावको मिति नजिकिदै जा“दा सतिशकुमार अग्रवाल नेतृत्वको प्रजातान्त्रीक प्यानलले आफनो पकड थप बलियो पार्न घरदैलो अभियानलाई सशक्त पारेको छ । सात बुदे प्रतिबद्धता सार्वजनिक गरेर चुनावी मैदानमा होम्मिएको सो समुहले शनिबार पनि आफ्नो घरदैलो अभियानलाई जारी राख्यो । सो समुहले विजय कोईराला लगायतका उद्योगीहरुस“ग भेटघाट गर्दै आफ्नो पक्षमा मत मागेको प्रजातान्त्रीक उद्योग व्यापार समुहका प्रचार प्रसार संयोजक राजुप्रसाद काफलेले जानकारी दिनुभयो । त्यसक्रममा कोईरालाले प्रतिष्ठानको लडाई भएकाले यो चुनावमा विजय हासिल गर्न उम्मेदवारहरुलाई शुभकामना दिनुभएको थियो । समुहले शनिबार नै गुरुद्धारा, तथा नगरका बिभिन्न स्थानमा रहेका मतदाताहरुस“ग भेटघाट गरेको जनाइएको छ । यसैबीच श्रेष्ठ समुहले शनिबारनै पत्रकार सम्मेलनको आयोजना गरि आफनो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
चन्दा मागेका होईनौ
भूमिगत तराई जनतान्त्रिक पार्टी मधेशले नेपालगञ्ज उद्योग बाणिज्य संघको आसन्न चुनावमा कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको समावेशी तथा साझा समुहस“ग चन्दा नमागेको स्पष्ट पारेको छ । रेडियो कृष्णसारलाई टेलिफोन गरि पार्टीका अध्यक्ष मुकेश चौधरीले चन्दा नमागेको बरु संघको चुनावमा पार्टीको सहमती नभएको जानकारी दिनुएको छ । शनिबार बसेको पार्टीको बैठकले संघको १२ गते हुने निर्वाचनमा पार्टीको सहमति नभएको भन्दै तीनवटै प्यानल उद्योगी तथा व्यापारीको हकअधिकार स्थापीत गर्न असफल भएको बिज्ञप्ती मार्फत ठहर गरेको छ ।
प्रेमसिह सुनार, नेपालगन्ज, ३ फागुन । सिमामा सुख्खा बन्दरगाह निर्माणको कामले तिव्रता पाउन थालेको छ । नेपाल र भारत पक्ष बिच बन्दरगाह निर्माण गर्ने सम्झौता भएको करिब ९ वर्ष पछि आवश्यक पर्ने जग्गाको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय बा“केले नेपालगन्ज भन्सारको पश्चिम जयसपुर र साईगाउ क्षेत्रमा बन्दरगाह निर्माणको लागी आवश्यक पर्ने ९० दशमलब ८ बिघा जग्गा अधिकरण गरेको छ । हाल जग्गा अधिकरण पछि त्यसको संरक्षण सगै सडक रेखाकन गर्ने काम सुरु हुदै छ ।
हाल जग्गा संरक्षणको कार्यका लागी एक तृतियाश बजेट विनियोजन भएको र सरकारी तबरबाट टेण्डर आह्वान गर्ने काम सुरु भएको जिल्ला प्रशासन कार्यालय बा“केका प्रशासकिय अधिकृत बसन्त कनौजियाले जानकारी दिनुभयो । निर्माण हुने बन्दरगाहमा सबै ईलोटो«निक्स व्यवस्था र आधुनिक प्रविधि जडान हुने छ । जा“च चौकीमा अत्याधुनिक प्रविधीबाट चेकजाचको व्यवस्था मिलाउने जनाईएको छ । नेपालले जग्गाको व्यवस्था गरेपछि त्यसमा भौतिक संरचना निर्माणको काम भने भारतिय पक्षले गर्ने शहरी विकाश तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नेपालगन्जका ईन्जिनियर खड्क बहादुर चौधरी बताउनु भयो ।
बन्दरगाह निर्माण हुने भए पछि निर्यात आयात गर्दा व्यवसायी तथा सर्वसाधरणले भोग्दै आएको समस्याको हल हुने बताईएको छ । तत्कालीन श्रम तथा यातायात सचिव नारायण्ँ प्रसाद सिलवाल र तत्कालीन भारतीय राजदूत श्यामशरण्ँले २०६० फागुन ११ मा नेपालगन्जमा सुक्खा बन्दरगाह निर्माण्ँ सम्बन्धी सम्झौतापत्रमा हस्ताÔर गरेका थिए । ढिलै भएपनि नेपालगन्जमा निर्माण हुन लागेको बन्दरगाहले भने यहाको विकाशमा टेवा पु¥याउने नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य दामोदर आचार्यले बताउनु भयो ।
नेपालगन्ज, ३ फागुन । नेपालगञ्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि तीनवटै प्यानलले बिहिबार उम्मेदवारी दर्ता गराएका छन् । सतिश कुमार अग्रवाल नेतृत्वको प्रजातान्त्रीक प्यानल, नन्दलाल बैश्य नेतृत्वको समावेशी प्यानल र कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको समावेशी तथा साझा समुहले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयुक्त भोला सिंह हमालका अनुसार एशोसियट सदस्यका लागि प्रदिप छाछेड, कनैयालाल बैद्य र ईस्रितअली मुकेरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ताका लागि बैश्य नेतृत्वको समुह हि“जोदेखि नै संघको कार्यालय मुलद्धारामा लाईन बसेका थिए । निर्वाचन कार्यक्रम अनुसार पहिलो आउनेको उम्मेदवार सूचि सबैभन्दा माथि पर्ने भएकाले बैश्य समुह अघिल्लो दिनदेखि नै लाईनमा बसेका थिए । यही १२ गते हुने निर्वाचनका लागि तीन समूहले चुनावी दौडमा भाग लिएका छन् । भोली उम्मेदवारी दिएकाहरुले दावी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय छुट्टाईएकोपनि निर्वाचन आयुक्त हमालले बताउनुभयो ।
प्रभावकारी सुरक्षाको माग
बिहिबार बसेको उद्योग बाणिज्य संघको आकास्मिक बैठकलले श्रेष्ठ समुहलाई भूमिगत समुहबाट आएको धम्कीको भत्र्सना गर्दै प्रभावकारी सुरक्षाका लागि प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ । बैठकपछि संघका अध्यक्ष सुनिलकुमार शर्माद्धारा जारी विज्ञप्तीमा ५० लाख नदिएर चुनावमा सहभागि भए श्रेष्ठ समुहलाई इन्काउन्टर गर्ने भूमिगत समुहको चेतावनीले संघलाई गम्भीर बनाएको भन्दै अविलम्व शान्ति सुरक्षा कायम गर्न माग गरिएको हो । विज्ञप्तीमा यस्ता घटनाहरु नदोहो¥याउनपनि सम्वन्धी पक्षको ध्यानाकर्षण गराईएको छ ।