बाके, ६ फागुन । वर्षाका कारण यस क्षेत्रमा लगाईएको मसुरो, चना र केराउबालीमा क्षति पु¥याएको छ । गहुमा केही राहत हुने देखिएपनि पानी जम्ने खेतको गहुमा भने असर पर्ने कृषि विज्ञहरुले बताएका छन् । हिउदमा परेको भारी वर्षाले यस सिजनको बालीको उत्पादनमा ह्रास आउन सक्ने जिल्ला कृषि विकाश कार्यालय बर्दियाका कृषि विकाश अधिकृत हिक्मत कुमार श्रेष्ठले बताउनु भएको छ । वर्षाका कारण भित्राउदै गरिएको आलु खेतीमा पनि असर पुगेको छ । नखनेको आलु पानीले गर्दा कुहिन सक्दछ । कृर्षि विकास कार्यालय वाकेका वालि संरक्षण अधिकृत सकिल अहमदका अनुसार अडहर र चना वालिमा वहादुरे किरोको प्रकोप वढ्ने संभावना देखिन्छ । वालिमा पुगेको क्षतिको विवरण भने केहि दिन पछि मात्र थाह हुने कृर्षि विकास कार्यालय वाकेले जनाएको छ ।
भयो हिमपात
लगातारको बर्षापछि मध्य र सुदुरका पहाडी जिल्लाहरुमा भारी हिमपात भएको छ । रुकुम, सल्यान जाजरकोट, मुगु, डडेलधुरालगायतका जिल्लाहरुमा भारी हिमतपातपछि बढेको चिसोले जनजीवन प्रभावीत भएको छ । वाक्लो हिमपातले मुगुको ताल्चा विमानस्थलबाट हुने आजको सबै हवाई उडान सेवा प्रभावीत भएको छ । रुकुमका हुकाम, मैकाम, गोतामकोट लगायतका उच्च क्षेत्रमा पनि हिमपात भएको छ । डडेलधुराको भिमदत्त राजमार्गको साहुखर्क, मेलखर्क, दशरथ चन्द राजमार्ग अन्तर्गत डडेल्धुराको अनार खोली यसैगरी खोड्पे वझाङ जोड्ने जयपृथ्वी राजमार्गका श्रीभावर लगाएतका विभीन्न स्थानमा २ फिट भन्दा वढि हिमपात भएको प्रहरीले जनाएको छ । हिमपातका कारण भिमदत्त राजमार्ग, दशरथ चन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएरातिदेखी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा सयौ यातायातका साधन अल्पत्र परेका छन् ।
प्युठान, ५ माघ । प्यूठानको ढुङ्गेगढीमा घुम्ती माहुरीपालनबाट झन्डै १३ लाखबराबरको मह उत्पादन भएको छ । माहुरीपालनका लागि उपयुक्त स्थान मानिने यो ठाउामा माहुरीपालनको सम्भावना र स्रोतको अध्यनन गर्न आएको टोलीले यहाा घुम्ती माहुरीपालन गरेको थियो ।
गाउामै घुम्ती माहुरी चरनबाट १२ लाख ५० हजारबराबरको थोक तथा अन्य फुट्कर बिक्रीबाट सो बराबरको मह उत्पादन भएको घुम्ती माहुरीपालक सर्लाहीका हेमराज देवकोटाले बताउनुभयो । युरोपियन मुलुकमा सफल मानिएको मेलिफेरा जातको मौरीबाट मह काढ्दा पछिल्लो दुई महिनाको अवधिमा पााच हजार किलो मह उत्पादन भएको उहााले बताउनुभयो ।
मुलुकमा बेरोजगारी बढ्दै गइरहेका बेला गाउामै रोजगारी प्राप्त गर्न सकिने उदाहरण देखाउादै विभिन्न जिल्लामा सहकारीमार्फत सङ्गठित भई देशका चितवन, गोरखा, सर्लाही नवलपरासी, सुनसरीलगायतका जिल्लाबाट माहुरीपालनको सम्भावनाको अध्यनन गर्दै यो टोली प्यूठान पुगेको हो । यो क्षेत्रमा माहुरी चरनका लागि उपयुक्त मानिने चिउरी, सजिवन, तोरी, फापर, फाडेल, रुदिलो जस्ता उपयुक्त वनस्पति पाइने भएकाले ढुङ्गेगढी क्षेत्रमा तीन हजारभन्दा बढी माहुरीको गोला चरनका लागि राख्न सकिने छ ।
दाङ, ५ माघ । सरकारले राप्तीका पाँच जिल्लामा सामुदायिक सिंचाई आयोजना शुरु गरेको छ । कृषि उत्पादकत्वमा वृद्धि गरी किसानको आयवृद्धि गर्ने उद्देश्यले पाँच वर्षमा ३ अर्ब ६ करोड रुपैया खर्च गर्ने गरी राप्तीका ५ सहित पश्चिम नेपालका १२ जिल्लामा सिंचाई आयोजना शुरु गरिएको हो ।
एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा उक्त रकम खर्च गर्न थालिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका योजना तथा वैदेशिक समन्वय शाखा प्रमुख रमेश अधिकारीले जानकारी दिनुभयो । 'सामुदायिक सिंचाई आयोजना -सिआईपी) अन्तर्गत सिंचाईको स्रोत भएर पनि सुविधा नपुगेका जिल्लामा शुरु गरिएको साना सिंचाई आयोजनामा १७ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको बताईएको छ ।
आर्थिक वर्ष २०६८/६९ मा प्रारम्भ भएको आयोजना आगामी चार वर्षर्भित्र पूरा हुनेगरी राप्तीका दाङ, रोल्पा, रुकुम, सल्यान, प्युठानसहित पश्चिम नेपालका कपिलवस्तु, कैलाली, कञ्चनपुर, डोटी, बझाङ, जुम्ला र मुगुमा सञ्चालन भएको छ ।
काठमाडौ, ५ माघ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई न्यूनतम दश प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताइरहादा कृषि विकास बैंकले तीस प्रतिशत लगानी गरेको दाबी गरेको छ ।
कृषि विकास बैंकको ४६ औा वर्ष प्रवेशको अवसरमा बैंकले गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले यस वर्ष कृषि क्षेत्रमा रु एक अर्ब २५ करोड थप कर्जा प्रवाह गर्ने जानकारी दिनुभयो । थप रकम बैंकले चिया, कफी, अल्ौंची, जडीबुटी, मह, जुनार, अदुवा र दुग्ध पदार्थ तथा मासु उत्पादनमा लगानी गर्ने बताएको छ ।
कार्यकारी अधिकृत बुढाथोकीले कृषि क्षेत्रमा कुल रु २७ अर्ब लगानी भइसकेको र यसमध्ये उत्पादन कार्यमा रु १२ अर्ब र कृषि औजार खरिदमा रु १५ अर्ब लगानी भएको जानकारी दिनुभयो ।
दाङ, ३ माघ । आर्थिक उपार्जनका लागि आजभोलि विदेशीने युवाको सङ्ख्या दैनिकरुपमा वृद्धि भइरहेको बेला पश्चिम दाङको पुरन्धरा गाविस-८ सिमगौराका किसानले केराखेती गरेर राम्रो आम्दानी लिन सफल भएका छन् ।
आफ्नो देशमा पर्याप्त रोजगारीको अवसर नपाउदा ठूलो सङ्ख्यामा नै युवा जमात दैनिकजसो विदेशिने गरिरहेको अवस्थामा त्यहाका तीन किसानले भने त्यसैखेर गएको बारी तथा पाखाको काल्नामा केराखेती गरेर आर्थिक आयआर्जन गर्न सक्षम भएका हुन् ।
उनीहरूले केराखेती गरेर आफ्नो घर खर्च चलाउन मात्र नभई छोराछोरीलाई विद्यालयमा पठनपाठन गराउन पनि सफल भएका छन् । भीमबहादुर खड्का, देउरुपा खड्कालगायतले मनग्य आम्दानी गर्न सफल हुनु भएको हो ।
प्रियास्मृति ढकाल, बाके, २२ साउन – बँंकेको राप्तीपारीस्थित फत्तेपुर–८ मा रहेको सिद्धबाबा सामुदायिक वनमा कुरीलो खेती सुरु गरिएको छ । विपन्न परिवारको आयआर्जनबृद्धिका लागि नमुनाको रुपमा कुरीलो खेती सुरु गरिएको सिद्धवावा सामुदायिक वन उपभोत्ता समितिकी सचिव अमृता थापाले बताउनुभयो । ७ समुहका वन अध्यक्षको समन्वयमा विपन्न ३६ घरधुरीले नमुनाको रुपमा २ हेक्टर जमिनमा कुरीलो खेती सुरु गरेका हुन् ।
युवा विदेश पलायन हुने क्रम बढिरहेका वेला उनीहरुलाई स्वदेशमै स्थापीत गरि जडिबुटि खेतीतर्फ आकर्षित गर्नपनि कुरीलो खेती गरिएको थापाको भनाई छ । अहिले त्यहाँ २१ हजार ६ सय विरुवा रोपिएको छ । यसले राष्ट्र«पती चुरे संरक्षण कार्यक्रममा समेत सहयोग गर्ने भन्दै जिल्ला वनस्पती कार्यालय वांकेका कार्यालय प्रमुख सुरेन्द्र कुमार यादवले कुरीलो खेतीको सम्भावना बांकेमा राम्रो भएको बताउनुभयो । पछिल्लो समयमा बजारमा कुरीलोको माग बढन थालेपछि कम मेहनत र लागानीमा योबाट मनग्य आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।
नेपालगन्ज, २२ साउन – प्रयाप्त रसायनिक मल नपाएपछि आक्रोशित भएका कृषकहरुले बाँकेको बैजापुरमा रहेको भुवर भवानी बहुउद्येश्य सहकारी सस्थामा तालाबन्दि गरेका छन् । मल लिन सहकारी पुगेका उनीहरुले सोमबार दिउसो वडा ५ मा रहेको सस्थाको कार्यालयमा तालाबन्दि गरेका हुन । प्रतिकिसान २ किलो मल वितरण हुन थालेपछि असन्तुष्ट भएका कृषकहरुले आफुहरुलाई प्रयाप्त मल वितरण गर्नु पर्ने माग गर्दै तालाबन्दि गरेको स्थानिय निम बहादुर चौधरीले बताउनु भयो ।
कृषकहरुलाई वितरण गर्नका लागी सहकारीले १५ क्विन्टल युरिया मल ल्याएको थियो । आफ्ना मागहरु पुरा नभए सम्म ताला नखोल्ने कृषकहरुले बताएका छन् ।
धनगढि, २१ साउन –कैलालीमा किसानहरु व्यवसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । व्यवसायिक केरा खेती गरेर धेरै किसानले जीविकोपार्जन गर्न सफल भएका छन् । जिल्लाका दुई नगरपालिका र ८ गाविसमा केरा खेती फस्टाउदै गएको हो । जिल्ला कृषि विकास कार्यालय कैलालीका अनुसार जिल्लामा करिब नौ सय विगाह जमिनमा केरा खेती गरिदै आएको छ ।
सरकारबाट अनुदान दिएपछि केराखेतीतर्फ किसानको आकर्षण बढेको कृषि विकास कार्यालयले जनाएको छ । कैलालीको केरा बांकेको कोहलपुर हुँदै नारायणगढसम्म पुग्ने गरेको छ ।







