Featured Program
 
Message Board
 
News
1 2 3 »
दैलेख, ४ चैत । दैलेखमा चीट चोराउने विÈयमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । झडपमा एक जना प्रहरी हवल्दार घाइते भएका छन् । दैलेखको भगवती उ.मा.वि. घुम्ने ३ जगनाथ परीÔा केन्द्रमा चीट चोराउन खोज्ने स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको हो । स्थानीय बासिन्दाले प्रहरीमाथि आक्रमण गर्दा प्रहरी हवल्दार खगीराम सारु घाईते भएको प्रहरी नायव उपरिÔक होम बहादुर लामाले जानकारी दिनुभयो । त्यस्तै, एसएलसी परीÔामा छोरीलाई चिट चोराउन गएका दैलेख बालुवाटारका भक्तबहादुर सिंह लडेर गम्भीर घाईते हुनुभएको छ । चिट चोराउने क्रममा सुरÔाकर्मी देखेपछि भाग्दा लडेर घाइेत भएका सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
 
३ जना निरीक्षकसहित ६ जना निष्कासीत
बा“केमा ३ जना निरीक्षकसहित ६ जना निष्कासीत भएका छन् । प्रवेशिका परीक्षाको तेस्रो दिन आज अनिबार्य गणित बिषयको परिक्षालाई व्यवस्थित गर्न नसकेको भन्दै बागेश्वरी मावी गाभर केन्द्रका तीन जना निरीक्षकलाई निष्कासन गरिएको हो । परीक्षा हलभित्र विद्यार्थीहरुलाई अनुसाशनमा राख्न नसकेको भन्दै निरीक्षक भक्तवहादुर शाही, निमा मल्ल र विरेन्द्र थारुलाई निस्कासित गरीएको विद्यालय निरीक्षक कृष्ण पौडेलले जानकारी दिनुभयो । यस्तै अनुगमन टोलीले परीक्षामा चिट चोर्दै गरेको अवस्थामा आदर्श उच्च मावि डि गाउ“ खजुरा केन्द्रका राजेन्द्र थारु र शिवशक्ति उमावि पेराडीका सुरेश चौधरी र कृष्ण वहादुर कुमाललाई निस्कासित गरेकोपनि पौडेलले बताउनुभयो । यसैबीच सल्यानमा ३५ परीक्षार्थी निस्कासित भएका छन् । यसैबीच जनता उमावि काभ्रामा शिक्षकको पोशाक लगाएर चिट फोटोकपी गर्दैगर्दा प्रहरीले एक जनालाई प्रक्राउ गरेको थियो ।
 
चिटचोराउने व्यक्ति पक्राउ 
एसएलसी परीक्षाको तेस्रो दिन आज अछामबाट ४ जना निरीक्षक र ९ जना चिटचोराउने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको षोडशादेवि उच्च मावि परीक्षाकेन्द्रमा परीक्षा संचालन भैरहेको समयमा अमर्यादित कार्य गराउन संलग्न निरीक्षकचन्द्रकला विष्ट र टोपेन्द्र शाहीलाई निश्काशित गरीएको छ । परीक्षा संचालनभैरहेको एक घण्टामै प्रश्नपत्र पनि बाहिरीएको थियो । प्रश्नपत्र बाहिर ल्याई चिट बनाउने कार्यमा संलग्न ९ जनालाई सदरमुकाम मंगलसैनको एक होटेलबाट पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ । त्यसैगरी जिल्लाको यशोदा उच्च माध्यमिक विद्यालय नेताकोट रामारोशन परीक्षा केन्द्रबाट पनि २ जना निरिक्षक निष्कासित भएका छन् । परीक्षामा अमर्यादित कार्य गराएको भन्दै जनक परियार र देवीराम न्यौपानेलाई निरिक्षक नरहने गरी निष्कासन गरिएको छ । यस्तै। बाजुराको बाह्रविसमा रहेको त्रिशक्ति उच्च मावि परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जय बागेश्वरीको गा“जरास्थित मालिका माविमा अध्ययनरत भाउजु विष्णुदेवी सिंहको नाममा परीक्षा दिइरहेका बेला रमा सिंहलाई पक्राउ गरिएको हो । 

 

नेपालगन्ज, २२ फागुन । भेरि प्राविधिक शिक्षालय नेपालगञ्जमा डिप्लोमा इन इलेक्ट्रीकल इन्जिनियरिङ तेस्रो बर्षमा अध्यनरत सुमन पौडेलले फेरि काइचो युपनभर्सल सुइज प्रर्दशन गरेका छन् । सो स्वीइच विश्वको जुनसुकै ठाउ“बाट पनि मोबाइल बाट खोल्न र बन्द गर्न सकिन्छ । यसअघि बनाएको एस.पी .एफं एफ . सेन्सर लाईट एपी .एस .एस टच स्वीइच, एस.एस १४३ रोबर्ट, एस आर होम सेक्युरिटी सिस्टम लगाएतका निर्माण गरिसेका सुमनले पपुन पहिले प्रर्दशन गरिसकेको काइचो युपनभर्सल सुइज आज प्रर्दशन गरेका हुन् । पटक–पटक नया“ नया“ आविस्कार गरेका उनलाई शिक्षालय तथा अन्य कुनै पनि ठाउ“बाट आर्थिक सहयोग नभएपछि पुन प्रर्दशन गरेको बताएका छन् । पढाई खर्चका साथै नया“ आविस्कार गर्ने सामान किन्ने गर्दा नया“ आविस्कार गर्न रकम अभाव भएको भन्दै उनले सम्बन्धीत पक्षले आर्थिक सहयोग गरे आफु अझ नया“–नया“ प्रवीधिको आविस्कार गर्न सक्ने बतएका छन् ।

 

बँ“के, २२ फागुन । कोहलपुर–८ पिपरीमा रहेको सरस्वती निमावी प्रधानाध्यापक विहिन बनेको छ । विद्यालयमा देखिएका विवादित कुराहरु मिलाउन नसकेको भन्दै प्रधानाध्यापकले राजीनामा दिएपछि विद्यालय प्रधानाध्यापक विहिन बनेको हो । कामचलाउ बनिसकेको विद्यालय व्यवस्थापन समितिका निर्णयहरु विवादित बनेपछि अभिभावक एवम स्थानीय आन्दोलित बनेपछि प्रअले राजीनामा दिएका छन् । प्रधानाध्यापक जितबहादुर थापाले राजीनामा दिएपछि दैनिक हुने प्रशासनिक कार्य अवरुद्ध बनेको छ । कामचलाउ विद्यालय व्यवस्थापन समितिले राजीनामा स्वीकृत गर्न नमिल्ने भएपछि थप समस्या भएको छ । यस्तै, व्यवस्थापन समितिले गरेका निर्णयहरु मनपरी भएको भन्दै आन्दोलित बनेका अभिभावक तथा स्थानीयले प्रधानाध्यापक र लेखा कक्षमा तालाबन्दी गरेका छन् । तालाबन्दी भएपछि दैनिक कार्यहरु प्रभावित बनेका छन् ।

 

सुर्खेत, २० फागुन । पहिलोपटक निजी नर्सिङ होमले दूरबिन प्रविधिबाट पित्तथैलीमा भएको पत्थरीको अप्रेसन सुरु गरेको छ । स्थानीय माया नर्सिङ होमले आजदेखि दूरबिन प्रविधिबाट पित्तथैलीको पत्थरीको अप्रेसन सुरु गरेको हो । नर्सिङ होममा पित्तथैलीमा पत्थरी भएकी कुनाथरी–१ चेपाङ यामकुमारी पुनको आज दूरबिन प्रविधिबाट पित्तथैलीको पत्थरीको सफल अप्रेसन गरिएको सञ्चालक विष्णुबहादुर खड्काले जानकारी दिनुभयो ।
    दूरबिन प्रविधिबाट अप्रेसन गर्न करिब २५ लाखको उपकरण ल्याएको उहाले बताउनुभयो । उहा“का अनुसार यस प्रविधिबाट अप्रेशनसहित औषधी र नर्सिङ होमको खर्च गर्दा करिव ४० हजार रुपैया“ लाग्ने जनाईएको छ । उता जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा कार्यलय सहयोगिले नै बिरामीको एक्सरे गर्दै आएको पाइएको छ । एक्सरे गर्ने कर्मचारी नभएकाले कार्यालय सहयोगी हिक्कमत रावलले बिरामीको एक्सरे गर्दै आएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत रेडियो ग्राफर सुबिन्द्र अर्यालको गएको असारमा सरुवा भएपछि नौ महिनादेखि आफै एक्सरे गर्दै आएको कार्यालय सहयोगी रावलले बताउनुभयो । रावलले महिना यता ४ सय भन्दा बढिको एक्सरे  गरिसकेको जानकारी दिनुभयो । 

 

नेपालगन्ज, १५ फागुन । “गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने मूलनाराका साथ प्रथम स्वास्थ्य सेवा दिवस बा“केमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन सुरु गरिएको छ । दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय बा“केले मंगलबार नेपालगन्जमा ¥याली निकाल्यो । भेरी अन्चल अस्पतालबाट सुरु भएको ¥याली बिपि चौकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्ने सहभागिहरुले स्वास्थ्य सेवालाई सबैको पहु“चमा पुराउनुको विकल्प नभएको भन्दै त्यसलाई गुणस्तरीय गराउनुपर्नेमा जोड दिएका थिए । कोणसभामा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जिवन कुमार मल्ल, प्लान नेपालका शान्ता आचार्य, आइऐनएफका हिक्मत खड्कालगायतले बोल्नुभएको थियो । जिल्लामा पहिलो स्वास्थ्य सेवा दिवसलाई ४ दिनसम्म मनाउनेक्रममा भोली होलियामा एकदिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ । यसअघि विभिन्न स्वास्थ्य संस्थाहरुको सरसफाई लगायतका कार्यक्रम गरिएका छन् । 

सुर्खेत, १५ फागुन । जनचेतनाको वृद्धिस“गै सुर्खेतमा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या घटेको एक तथ्याङ्कले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ६ महिनामा २० जना एचआइभी सङ्क्रमित भेटिएका छन् । कार्यालयका एचआइभी÷एड्स समन्वय समितिका संयोजक चेतननिधि वाग्लेका अनुसार अघिल्लो वर्षहरूको तुलनामा सङ्क्रमितको सङ्ख्या कम देखिएको हो । तथ्याङ्क अनुसार २०६५ सालमा १०८, २०६६ सालमा ४६, २०६७ सालमा ६४ जना एचआइभी सङ्क्रमित भेटिएका थिए भने २०६८ सालमा ४८ जना नया“ एचआइभी सङ्क्रमित भेटिएका थिए । संयोजक वाग्लेले एचआइभी सङ्क्रमितलाई परामर्श तथा उपचारका लागि भिसिटी सेन्टरहरू थप्ने तयारी भइरहेको जानकारी दिनुभयो । 
 

नेपालगन्ज, ११ फागुन । ११ गाविसमा ६० हजार सुपानेट झुल वितरण गरिने भएको छ । झुल वितरण तथा मलेरिया रोकथाम कार्यक्रम अन्र्तगत राप्तीपारिका ७ र वारिका ४ गरि ११ गाविसमा कीटनाशक झुल वितरण गर्न लागिएको रेडक्रस बा“केले जनाएको छ । ग्लोवल फण्टको सहयोगमा नेपाल रेडक्रस सोसाईटीद्धारा राप्तीपारीको फत्तेपुर, गंगापुर, मटहैया, कालाफा“टा, लक्ष्मणपुर, नरैनापुर र कटकुईया तथा राप्तीवारिका होलीया, बेतहनी, कम्दी र बनकट्टीमा झुल वितरण गर्न लागिएको रेडक्रसका बरिष्ठ अधिकृत इश्वरी रेग्मीले जानकारी दिनुभयो । झुल वितरण प्रक्रिया, कार्यक्रमको थप प्रभावकारीता लगायतका बिषयमा आज जिल्लास्तरिय अभिमुखीकरण तथा समन्वय बैठकमा छलफल गरिएको छ ।
   बैठकमा ११ वटै गाविसका सचिव, जिल्ला प्रशासन, जिल्ला जनस्वास्थ्य, सामुदायिक परिचालक, रेडक्रस उपशाखा, लगायतको सहभागिता रहेको थियो । ६ महिनाभित्र सर्भे, तथ्याङक सकंलन, अभिमुखीकरण, प्रचारप्रसार तथा वितरणको कार्यक्रम पर्सिदेखि शुरु हुने रेडक्रसले जनाएको छ । ११ गाबिस अन्र्तगत मलेरिया प्रभावित राप्तीपारी गाबिसका सम्पुर्ण परिवार र वारीका गर्भवती महिला तथा लक्षित परिवारलाई झुल वितरण गरिने जनाइएको छ । सन् २००६ मा जिल्लाको फत्तेपुर, गङ्गापुर र होलियामा महामारीको रुपमा कडा खालको औलोको सङ्क्रमण फैलि“दा ३३ जनाको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयको अगुवाइमा औलो रोग नियन्त्रण र त्यसबाट नागरिकको सुरक्षाप्रति विशेष कार्यक्रम सञ्चालन हु“दै आएको छ । सुपानेट झुलको प्रयोगले औलो मात्र नभई लामखुट्टेको टोकाइबाट हुन सक्ने सबै रोगबाट बच्न सकिने जनस्वास्थ्यले जनाएको छ । 

 

नेपालगन्ज, ९ फागुन । बाकेमा ५ सय ११ जना एचआइभी संक्रमित रहेको पाईएको छ । रगत परिक्षणपछि उनीहरुमा एचआईभी पोजेटिभ भेटिएको हो । इन्प्रोक र मित्र समाजले बुधवार नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रियामा यस्तो जानकारी दिईएको हो । एचआइभीकै कारण अहिलेसम्म जिल्लामा ४८ जनाले ज्यान गुमाएका छन् । १७ महिला सहित ३१ पुरुषले ज्यान गुमाएको एचआइभीको क्षेत्रमा काम गर्दै आएका डाकका जिल्ला संयोजक विकास शर्माले जानकारी दिनुभयो ।
   असुरक्षित यौनसम्पर्क, संक्रमित रगत तथा यसबाट बनेका पदार्थ र शरिका अंगहरुको प्रत्यारोपणका कारण पछिल्लो समय एचआइभी संक्रमितहरु बढ्दै गएको पनि उहा“ले जानकारी दिनुभयो । भयावहका रुपमा बढ्दै गएको एचआईभी नियन्त्रणका लागि एकिकृत रुपमा सम्वद्धहरु अघि बढ्नु पर्ने स्वयम सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेल, स्थानिय विकास अधिकारी विश्वराज डोटेल, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख जिवनकुमार मल्ल, महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाह, राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक मुरारी खरेल, पत्रकार महासंघ बा“केका शाखा अध्यक्ष शुक्रऋषि चौलागाई, इन्प्रोकका संस्थापक अध्यक्ष तेजविक्रम शाह, राष्ट्रिय किशोरी सञ्जालकी अध्यक्ष तुलसी थापा लगायतले बोल्नुभएको थियो ।  

नेपालगन्ज, ५ फागुन । हात्तीपाईले रोग विरुद्धको दोस्रो चरणको औषधि खुवाउने अभियान शनिबारदेखि मध्य र सुदूरपश्चिमका शुरु गरिएको छ । तर आज पहिलो दिन विहानैदेखि पानी परेकाले औषधी खुवाउन तोकिएको वुथहरुमा औषधि खानेहरुको संख्या न्युन रहेको स्वास्थ्यकर्मिहरुले वताएका छन । शनिबार विहान नेपालगंजको विपि चोकमा एक कार्यक्रम गरी औषधि खुवाउन सुरु गरीएको हो । आजदेखी ३ दिनसम्म संचालन हुने अभियान अन्तरगर्त नेपालगन्ज नगरमा ६९ वटा र ग्रामिण क्षेत्रमा ९ सय वटा केन्द्र राखिएको जनस्वास्थ्य प्रमुख जिवन कुमार मल्लले वताउनुभयो । यो बर्ष जिल्लामा ४ लाख ६३ हजार ९ सय ४ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य लिईएको छ । 


प्रियास्मृति ढकाल, नेपालगन्ज, २४ माघ । बाकेमा यही फागून पहिलो सातादेखि हात्तिपाईले रोगविरुद्धको औषधी खुवाईने भएको छ । देशव्यापी अभियान अन्तरगत फागून ५, ६ र ७ गते हात्तिपाईले रोगविरुद्धको औषधी खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय बा“केले जनाएको छ । आज नेपालगञ्जमा पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरि यो बर्ष  जिल्लामा ४ लाख ६३ हजार ९ सय ४ जनालाई हात्तिपाईले रोगविरुद्धको औषधी खुवाउने लक्ष्य लिईएको कार्यालय प्रमुख जिवनकुमार मल्लले जानकारी दिनुभयो ।

   त्यसमध्ये २ देखि ५ बर्ष उमेरका ३६ हजार ४२, ६ देखि १४ बर्षसम्मका १ लाख १५ हजार ४ सय २२ र १५ बर्षदेखि माथीका ३ लाख १२ हजार ४ सय ४४ जनालाई औषधी खुवाउने लक्ष्य छ । स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधी खुवाईने भन्दै प्रमुख मल्लले त्यसका लागि ४ सय स्वास्थ्यकर्मी, १ हजार ८ सय स्वस्थ्य स्वयम सेविका खटाइने बताउनुभयो । त्यसका लागि नगरमा ६९ वटा बुथ राखिएको छ भने ग्रामिण क्षेत्रमा ९ सय वटा केन्द्र राखिएकोपनि जनस्वास्थ्य कार्यालयका प्रमुख मल्लले बताउनुभयो । औषधी खा“दा केही सतर्कता अप्नाउनु पर्ने भन्दै डा.विप्लव कार्कीले खाली पेटमा औषधी नखान आग्रह गर्नुभएको छ ।

    यस्तै २ बर्ष मुनिका बालबालिका तथा गर्भवती, सात दिन सम्मको सुत्केरी महिला र गम्भीर प्रकृतिका विरामीहरुले पनि औषधी लिन नहु“ने डा. कार्कीको सुझाव छ । हात्तिपाईले रोगविरुद्धको औषधीले मानिसको ज्यानै लिने खतरा नभएको भन्दै डा.कार्कीले खाने विधी र प्रक्रियाबारे जानकारी लिनु आवश्यक रहेको बताउनुभयो । बा“केमा गत बर्ष ५३ दशमलव ३४ प्रतिशतलाई हात्तिपाईले रोगविरुद्धको औषधी खुवाईएको कार्यालयको भनाई छ । २०६८ सालको जनगणना अनुसार बा“केमा ९४ हजार ७ सय ७३ घरधुरीका ५ लाख १२ हजार २ सय २२ जनसङख्या रहेको छ । 


Archives
 
Weathers
 
Place State Today State Tomorrow
Min Max Min Max
Kathmandu19°C28°C18°C27°C
Pokhara17°C25°C17°C24°C
Mahendranagar27°C46°C29°C45°C
Nepalganj29°C45°C31°C45°C
Butwal31°C43°C30°C40°C
Dhangadhi30°C46°C31°C45°C
Tikapur29°C45°C31°C45°C
Listen Live Online Radio ›
Get the Flash Player to see this player.
Trouble listening? Try from alternative players
Winamp windows Media Player Real Player QuickTime