Campaign for Community Communication Nepal (CCN), an organization of journalists having academic background of journalism and mass communication, in 27 March, 2009 with inclusive ownership of people who have gained successes in different walks of their life.
 

...
ABOUT CCN
Slide 1

मैले भनिरहेको छु, संयमता अप्नाऊ ।

नेपालगञ्जमा आयोजित एक कार्यक्रममा बांकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेल आन्दोलनकारीलाई संयमीत हुन आग्रह गर्दै । फोटो-पि्रयास्मृती ढकाल

Slide 1

मन पटाउने पटाया

थाइल्याण्डको पटाया वीच नेपाली पर्यटकको पनि आकर्षण वनेको छ । सजिलै भिषा लाग्ने र सस्तो भएकाले नेपाली र भारतीय पर्यटकको व्यांकक र नजिकैको पटायामा आउजाउ वाक्लो छ ।

Slide 1

ह ह माले ह ह, ह ह झाले ह ह

वांझो खेतमा पसिना तरर बढाउने हो उव्जनी हरर

Slide 1

एफएम प्रसारण सुरु हुंदाको खुसी

२०६५ चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेट जांदा रेडियो कृष्णसार एफएमले पहिलो तरंगका रुपमा भजन प्रसारण गरेपछि एफएम परिसरमा सहकर्मीहरुको खुसीको क्षण ।

Slide 1

कृष्णसार आइडल ३ को ग्राण्ड फिनालेमा सहभागि दर्शकहरु

शिव परियार, मौषमी गुरुगं समेत आइडल टप टेन कलाकारहरुका साथ खुमै झुमे सहभागिहरु

Radio Krishnashar FM 94 MHz is a community radio of the Midwest and Far western region located in Nepalgunj, the commercial city of this region. It is established by Campaign for Community Communication Nepal (CCN), an organization of journalists having academic background of journalism and mass communication, in 27 March, 2009 with inclusive ownership of people who have gained successes in different walks of their life. The FM is professionally led by energetic, qualified and experienced journalists...

ABOUT KRISHNASAR FM
Featured Program
 
  • बांके र दाङ्का सिमा गाविस विद्युतविहिन
    बाके, ७ जेठ । बांके र दाङ्गको सिमा गाविसका नागरिकहरु बर्षोदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । बांकेको खासकुश्मा र दाङ्गको सतवरिया गाविसका नागरिकहरु बर्षोदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । खासकुश्मा गाविसमा सामुदायिक विद्युतीकरणको प्रयास थालिएपनि त्यो अलपत्रै छ ।
    विस्तृतमा
  • मोटरसाईकलबाट खसेर महिलाको मृत्यु
    मोटरसाईकलबाट खसेर महिलाको मृत्यु गएको छ । नेपालगञ्जबाट खजुरा तर्फ जांदै गरेको भे २ प ६२४१ नम्बरको मोटरसाईकलबाट खसेर नेपालगञ्ज नगरपालिका १६ बेलापुरकी ३९ बषिर्या शान्ति अधिकारीको मृत्यु भएको हो ।
    विस्तृतमा
  • सयौं यात्रु अलपत्र
    नेपालगञ्जमा सयौं यात्रु अलपत्र परेका छन् । अलपत्र यात्रुहरुले बसपार्क तथा बसहरुमा रात विताएका छन् । प्रहरीले स्कटिङ गर्न अस्विकार गरेपछि यात्रु र प्रहरीबीच शनिवारराती तनाव समेत उत्पन्न भएको थियो ।
    विस्तृतमा
  • आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
    काठमाडौ, ७ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेकपा माले, माले समाजवादी र चुरे भावर राष्ट्रिय एकता पार्टीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्रीले आज मन्त्रिपरिषद बिस्तार गर्नुभएको होे ।
    विस्तृतमा
  • एमाले र कााग्रेसको आक्रोस
    काठमाडौ, ७ जेठ । दलहरुबीचको सहमति विरुद्ध माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनजातिलाई उचालेर सडकमा उतारेको भन्दै एमाले र कााग्रेसले आक्रोस व्यक्त गरेको छ । आदिवासी जनजातिलाई प्रचण्डले नै सडकमा उतारेको भन्दै एमालेका शिर्षर् नेताहरुले फोन गरेर दुई थरी भूमिका त्याग्न प्रचण्डलाई आग्रह समेत गरेका छन् ।
    विस्तृतमा
  • ११ बुादे सहमति
    काठमाडौ, ७ जेठ । सरकार र मुस्लिम समुदायबीच आज भएको वार्तामा ११ बुादे सहमति भएको छ । मुस्लिम गठबन्धनका मागलाई सम्बोधन गर्न सरकार सहमत भएको र बार्तामा संवैधानिक मुस्लिम आयोग गठन गर्ने लगायतका विषयमा सहमति भएको मुस्लिम समुदायका तर्फबाट बार्तामा सहभागि रहनुभएका ताज मोहम्मद मियाले जानकारी दिनुभयो ।
    विस्तृतमा
  • मन्त्रिपरिषद्- कार्यविभाजन
    काठमाडााै, ६ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आˆनो नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्मा देहायबमोजिम १९ मन्त्रालयको कार्य विभाजन गर्नुभएको छः
    विस्तृतमा
  • मेहताको भनाईप्रति आपत्ति
    काठमाडौ, ५ जेठ । प्रमुख राजतीतिक दलले विरगन्जस्थीत भारतिय महावाणीज्य दुतावासका कन्सुलर एसडि मेहताको भनाईप्रति आपक्ति प्रकट गरेका छन् । प्रमुख तिनदल माओवादी, काग्रेस र एमालेको आज वसेको वैठकले कन्सुलर मेहताको क्रियाकलाप कुटनितिका मर्यादा विपरीत भएको भन्दै तत्काल फिर्ता पठाउन सरकारसाग आग्रह गरेको छ ।
    विस्तृतमा
  • पार्टीको निर्णय विरुद्ध नलाग्न निर्देशन
    काठमाडौ, ५ जेठ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी निर्णय विरुद्ध नलाग्न आफ्ना नेता तथा सभासद्लाई निर्देशन दिनुभएको छ । ११ प्रदेशको खाकामा असहमति जनाउादै हिजो संसद बैठक अवरोध गर्ने सभासदलाई बोलाएर दाहालले पार्टीभित्रै छलफल गर्न आग्रह गर्नुभएको हो ।
    विस्तृतमा
  • कुटाकुट
    काठमाडौ, ५ जेठ । तराईका माझीहरुलाई पनि आदिवासी घोषणा गर्नुपर्ने माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ता र सभासद्हरुवीच कुटाकुट भएको छ । सिहदरबारमा रहेको फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालयमा गृहमन्त्री विजय गच्छदारलाई ज्ञापनपत्र बुझाउन गएका फोरम लोकतान्त्रिक निकट गणतान्त्रिक राष्ट्रिय निसाफ संघ नेपालका कार्यकर्ता र लोकतान्त्रिकका सभासद्वीच कुटाकुट भएको हो ।
    विस्तृतमा
  • स्याउ, सुन्तला खानुस्, रक्तरोगबाट बच्नुस्
    स्याउ र सुन्तला जस्ता फलफूल खाने मानिसमा रगत जम्ने समस्या नहुने र रक्तसंचार प्रणाली स्वस्थ बन्ने एक अध्ययनले देखाएको छ । हार्वड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले सुन्तला तथा स्याउ लगायतका फलफूलमा हुने रुटिन नामको रसायनले धमनी तथा शिराहरुमा रगत जम्नबाट रोक्दछ ।
    विस्तृतमा
  • सल्यानमा अनुमति नलिइ सञ्चालन भएका १ सय २ विद्यालयलाई कारवाही
    जेठ ३, सल्यान–जिल्ला शिक्षा कार्यालय सल्यानले अनुमति नलिएर सञ्चालन भएका १ सय २ विद्यालयहरुलाई कारवाही गर्ने भएको छ । जिल्लामा निजि तथा सामुदायिक विद्यालयहरु अनुमति नलिएर सञ्चालन गर्दा कक्षा सञ्चालनको अवस्था नाजुक भएकोले कारवाही गर्न लागिएको हो ।
    विस्तृतमा
  • दुध उत्पादनमा कमि भएपछि जाजरकोटमा दुधको अभाव
    जाजरकोट, ७ जेठ । माग अनुसार उत्पादन वृदी नभए पछी जाजरकोट जिल्लामा दुध अभाव भएको छ । गर्मीयामका कारण भैंसीलाई खुवाउने घाासको अभाव भएपछी दुध उत्पादनमा कमी भएको हो । दुध र दग्ध पदार्थ विक्रेता डेरीले माग अनुसार दुध नपाएकाले उपभोक्ताको चित्त बुभाउन नसकेको बताए ।
    विस्तृतमा
  • अज्ञात रोगले बाख्रा मर्न थाले
    बैतडी ७ जेठ । बैतडीको श्रीकेदार गाविस वडा नम्बर. ४, ५ र ६ मा अज्ञात रोगका कारण बाख्रा मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । ४ दिन यता अज्ञात रोगका कारण १० वटा बाख्रा मरिसकेका छन् । बाख्राहरुमा झोक्रेको केहि समयपछिा मर्ने गरेको स्थानीय तर्कराज कलौनीले जानकारी दिनुभयो ।
    विस्तृतमा
  • व्यवसायिक रुपमै बाख्रापालन
    जाजरकोट, ७ जेठ । जाजरकोटको लह गाविस २ डाडाका स्थानिय मन बहादुुर पन्त बाख्रा पालन व्यवसाय गरेर मनग्य आम्दानी गदैै आउनु भएकेा छ । १५ वर्ष देखी बाख्रापालन गर्दै आउनु भएका पन्तले अहिले व्यवसायिक रुपमानै बाख्रा पालन गर्दै आउनु भएकेा छ । उहाले अहिले वाषिर्क डेढ लाख बढि आम्दानी गर्दै आउनु भएकेा छ ।
    विस्तृतमा
  • ल्ागातारको बन्दले दाङ, लगायत जिल्लाका तरकारी बोटमै कुहियो
    दाङ, ७ जेठ । विगत ११ दिनदेखि बन्द हाुदा दाङको देउखुरी क्षेत्रमा किसानले गरेको बेमौसमी तरकारी बजारमा नपुगी बोटमै कुहिन थालेका छन् । चैलाही- १ की ३५ वषर्ीया मीना पौडेलले करिब ६ कठ्ठा जग्गामा बेमौसी तरकारी गोलभेाडा, गोभी, सिमी, बोडी, रामतोरिया लगाउनु भएको छ तर अहिले उहाा ती तरकारी बजार पुर्‍याउन नसकेर चिन्तित हुनुहुन्छ ।
    विस्तृतमा
  • समयमा पानी नपर्दा यस क्षेत्रका किसान चिन्तित
    नेपालगन्ज, ६ जेठ । जेठको पहिलो साता वित्न लाग्दा समेत पानी नपरे पछि वाके, वर्दिया, रोल्पा, जाजरकोट लगायत जिल्लाका किसानहरु चिन्तित भएका छन । पानी नपरेर लामो समयसम्म्ा खडेरी परेका कारण बारीमा मकै लगायतको वाली लगाउन नपाएपछि किसानहरु चिन्ता व्यक्त गरेका हुन ।
    विस्तृतमा
  • कृषि क्षेत्रमा आधुनिक मेसिनले घरेलु औजारको प्रयोग घट्यो
    नेपालगन्ज, ६ जेठ । कृषिर् क्ष्ाेत्रमा आधुनिक मेसिनहरु भित्रिएसंगै विभिन्न्ा घरेलु औजारको प्रयोग घट्दै गएको छ । खेतिपाति गर्न आधुनिक मेसिन ट्रयाक्टर लगायतका मेसिनहरुको प्रयोग दिनप्रतिदिन वढ्दै गएपछि घरेलु औजारको प्रयोग घट्दै गएको हो ।
    विस्तृतमा
  • बाख्रापालन व्यवसायतर्फ आकषिर्त
    जाजरकोट, ६ जेठ । जाजरकोटको लह गाविस ६ पोख्राका स्थानिय कालि बहादुुर वली बाख्रा पालन व्यवसाय गरेर मनग्य आम्दानी गदैै आउनु भएकेा छ । व्यवसायीक रुपमा बाख्रापालन गर्दै आउनु भएका वलीको अहिले जीवनशेली नै परिवर्त भएको छ ।
    विस्तृतमा
  • सरकारले आयल निगमलाई २ अर्ब १० करोड ऋण दिने
    जेठ २, काठमाडौ – सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आयल निगमलाई २ अर्ब १० करोड रुपैंया दिने भएको छ । मंगलवार विहान बसेको मन्त्रीपरिषद बैठकले आयल निगमलाई अर्थ मन्त्रालयबाट ५० करोड, कर्मचारी सञ्चयकोषबाट ६० करोड र नागरिक लगानी कोषबाट १ अर्ब गरी २ अर्ब १० करोड ऋण सहयोग दिने निर्णय गरेको हो ।
    विस्तृतमा
  • जनता बैक नेपालगञ्जमा
    जनता बैक नेपाल लिमिटेडले आफनो शाखा नेपालगञ्जमा बिस्तार गर्दैछ ।
    विस्तृतमा
  • फुटबल फेस्टीबल सुरु
    काठमाडौ, ६ जेठ । काठमाण्डौमा आजदेखि १४ बर्षमुनिको फुटबल फेस्टीबल सुरु भएको छ । प्रतियोगिताको एन्फा कमप्लेक्स सातदोबाटोमा अर्थमन्त्री बर्षमान पुनले उद्घाटन गर्नुभयो । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजबाट सुरु प्रतियोगितामा दक्षिण एसियाली पााच राष्ट्रले भाग लिएका छन् ।
    विस्तृतमा
  • डेकन चाजर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदै
    नेपालगन्ज ५ जेठ । इन्डियन पि्रमियर लिगमा आज डेकन चाजर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदैछ । डेकन जारी लिगमा पुछारमा रहेको छ भने राजस्थान १४ खेलबाट १४ अंकका साथ सातौ स्थानमा रहेको छ । समूह चरणबाट बाहिरीसकेकोे डेकन चाजर्सलाई आजको खेलमा पराजीत गरे अथवा अर्को खेलमा पनि जीत आत्मसाथ गरे राजस्थानले प्लेअफमा पुग्ने सम्भावना कायमै रहने छ ।
    विस्तृतमा
  • एसियन गोल्ड अवार्ड' गुप्तालाई
    जेठ, ३ । नेपाल भारोत्तोलन संघका महासचिव एवं भारोतोलनका वरिष्ठ प्रशिक्षक पार्थ सारथी सेन गुप्ता 'एसियन गोल्ड अवार्ड' बाट सम्मानित भएका छन् ।
    विस्तृतमा
  • केन्द्र सरकारसाग जवाफ
    भारत ३ जेठ । भारतीय क्रिकेेटर सचिन तेन्दुलकरको राज्यसभा सदस्यमा भएको मनोनयबारे दिल्ली उच्च अदालतले केन्द्र सरकारसाग जवाफ माग गरेको छ । सचिनको नियुक्तीबिरुद्ध परेको निवेदनमा आज सुनुवाई गर्दै उच्च अदालतसाग कारण देखाउ आदेश जारी गरेको हो ।
    विस्तृतमा
  • शहिद सेतु बिक स्मृति टि ट्वान्टी क्रिकेट
    बाकेको बागेश्वरी ८ ई गाउामा जारी चौथो जिल्ला स्तरीय शहिद सेतु बिक स्मृति टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा दर्पण युवा कल्व ए विजयी भएको छ ।
    विस्तृतमा
  • एनसीसीएन विजयी
    केको कोहलपुरमा जारी खुला आमन्त्रीत भलिबलमा सशस्त्र प्रहरी बल त्रिपुरागण एनसीसीएन विजयी भएको छ ।
    विस्तृतमा

  • बि्रटिस गोर्खा कप उपाधिका लागि आज फाइनल खेल हुादै छ ।
    विस्तृतमा
  • सम्बन्धमा कोशेढुङ्गा
    जर्मनीका चान्सलर एन्जेला मर्केल तथा अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइले दुई मुलुकबीचको सम्बन्धमा कोशेढुङ्गा स्थापना भएको बताएका छन् । जर्मनीले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लगेपछि १५ करोड युरो उपलब्ध गराउने भएको छ ।
    विस्तृतमा
  • नेटो सम्मेलनमा पाकिस्तानको पनि सहभागीता
    अमेरिका, ३ जेठ । अमेरिकामा यसै हप्ता हुने अफगानिस्तान सम्बन्धि नेटो सम्मेलनमा पाकिस्तानले पनि सहभागीता जनाउने भएको छ ।
    विस्तृतमा
  • जर्मनी आर्थिक संकटबाट मुक्त
    जर्मनी, २ जेठ । जर्मनी आर्थिक संकटको चपेटावाट मुक्त भएको छ । वर्षको शुरुका तिन महिनाको अवस्था हेर्दा जर्मनीको कुल धरेलु उत्पादन -जीडीपी) गत वर्षको भन्दा यस वर्षमा शुन्य दशमलव ५ प्रतिशतले वृद्धि भएको छ ।
    विस्तृतमा
  • फासी सजाय
    ईरान, २ जेठ । ईरानमा एक परमाणु वैज्ञानिकको हत्यामा दोषी भेटिएका व्यक्तिलाई फाासी दिइएको वताइएको छ ।
    विस्तृतमा
  • चुनावमा भाग लिन रोक
    ईजिप्टमा राष्ट्रपति पदका १० जना प्रत्याशीलाई चुनाव अधिकारीहरुले चुनावमा भाग लिन रोक लगाएका छन् ।
    विस्तृतमा
Message Board
 
Archives
 
Weathers
 
Place State Today State Tomorrow
Min Max Min Max
Kathmandu18°C31°C18°C32°C
Pokhara15°C25°C15°C26°C
Mahendranagar24°C41°C24°C43°C
Nepalganj25°C41°C25°C43°C
Butwal31°C42°C31°C43°C
Dhangadhi26°C42°C27°C44°C
Tikapur25°C41°C25°C43°C
Listen Live Online Radio ›
Get the Flash Player to see this player.
Trouble listening? Try from alternative players
Winamp windows Media Player Real Player QuickTime